वात्स्यायनलाई जगदम्बा–श्री र कँडेललाई मदन पुरस्कार
यस वर्षको जगदम्बा–श्री पुरस्कार वरिष्ठ चित्रकार दुर्गा बराल (वात्स्यायन) र मदन पुरस्कार घनश्याम कँडेललार्ई प्रदान गरिने भएको छ ।
११ भदौमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ट्वीटमार्फत वरिष्ठ चित्रकार वात्स्यायनलाई जदगम्बा–श्री र ‘धृतराष्ट्र’का लागि कँडेललाई मदन पुरस्कार प्रदान गरिने जनाएका छन् । नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई जगदम्बा–श्री र वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्टलाई मदन पुरस्कार प्रदान गरिन्छ ।
त्यस्तै ‘धृतराष्ट्र’ काव्यका लागि कँडेललाई २०७३ को मदन पुरस्कार प्रदान गरिने भएको हो । मदन पुरस्कारका लागि २०७३ मा प्रकाशन भएका १९५ पुस्तक मध्ये नौवटा अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका थिए ।
पौडेलको ‘धृतराष्ट्र’सँगै पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’, राज सरगमको ‘छाउघर’, शरद पौडेलको ‘तपन’, जय छाङ्छाको ‘दोहाको सीधा उडान’, हरि अधिकारीको ‘प्रतिनायक’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ मदन पुरस्कारका लागि ‘श्रेस्ट सूचि’मा परेका थिए ।
२०१३ देखि मदन पुरस्कार र २०४५ देखि जगदम्बा-श्री पुरस्कार प्रदान गरिदै आएको छ । २०१३ मा ‘हाम्रो लोक संस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’का लागि बलराम जोशीलाई मदन पुरस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कारको राशी रु.दुई लाख रहेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितको ट्वीट