एसिया कपका लागि यू–१९ टोलीको घोषणा
एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
मलेसियामा हुने छनोट प्रतियोगिताका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले १४ खेलाडी छनोट गरेका हुन ।
टोलीमा सन्दिप लामिछाने, अनिलकुमार शाह, सन्दिप सुनार, पवन सर्राफ, रोहितकुमार पौडेल, प्रनित थापामगर, शाहव आलम, आशिफ शेख, किशोर महतो, विक्रमकुमार भूषाल, सन्दिप जोरा, नन्दन यादव र सुमित महर्जन रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रकाश केसी, ललित नारायण राजवंशी, रिजन ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
आगामी सेप्टेम्बरको ८ देखि १७ तारिखसम्म मलेशियामा प्रतियोगिता हुनेछ । समूह ए मा नेपालसँगै सिंगापुर, थाइल्याण्ड र भुटान रहेका छन । समूह बि मा मलेसिया, हङकङ र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोलि एसिया कपको लागि छनोट हुनेछन् ।