न्यूयोर्कमा नेपाली महिलामाथि आक्रमण
न्यूयोर्कको पूर्वी क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेशनमा नेपाली महिलामाथि आक्रमण भएको छ ।
६ भदौ राति ४९ वर्षीया कमला श्रेष्ठलाई आक्रमण गरेर रेलको ट्रयाकमा फ्याँकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमले जनाएअनुसार रेल आउनुपूर्व नै उनलाई दुई व्यक्तिले रेलको ट्रयाकबाट उद्धार गरेका थिए ।
न्यूयोर्क डेली न्यूजकाअनुसार आक्रमणबाट श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ ।
अमेरिकी प्रहरीलाई उद्धृत गर्दै डेली न्यूजले उनलाई आक्रमण गर्ने काला जातिका मानिस भएको उल्लेख गरेको छ ।
अस्पतालमा रहेकी श्रेष्ठले नयाँ जीवन पाएको र आफू अहिले ठिक रहेको बताएकी छन् ।
उनका श्रीमान् नमलाल श्रेष्ठले श्रीमतीलाई बचाउने ती दुई व्यक्तिलाई भेट्न चाहेको बताएका छन् ।