निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी, चार केन्द्रीय सदस्य नियुक्त
भारतभ्रमणम जाँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
आजदेखि भारतभ्रमणमा रहेका देउवाले आफ्नो अनुपस्थितिमा सभापतिको जिम्मेवारी निधिलाई सुम्पेका हुन् ।
त्यसैगरी प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले चारजना नेता– पाल्पाका हरिप्रसाद नेपाल, बाराका राधेचन्द्र यादव, काठमाडौंका ध्यानगोविन्द रञ्जित र मोरङका अमृत अर्याललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् । पार्टी विधान अनुसार उनले केन्द्रीय सदस्यमा अझै पाँचजना नियुक्त गर्नुपर्ने छ ।
त्यस्तै उनले पार्टी अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल र सदस्यहरुमा हृदयराम थानी, सुरेन्द्र पाण्डे, कमला पन्त र उमकान्त चौधरीलाई नियुक्त गरेका छन् ।