भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला
दशैको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ ।
दशैंको बेला सस्तो मेला स्लोगन दिइएको मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो ।
२१ देखि २६ भदौसम्म हुन लागेको मेलामा दशैंका लागि आवश्यक सामग्रीहरुको कारोबार गरिने आयोजकले जनाएको छ ।
मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एप्लायन्सको कारोबार हुनेछ ।
एक सयभन्दा बढी स्टल रहने मेलाका ८० प्रतिशत स्टल बुकिङ भइसकेको मेला संयोजक दिपेश जोशीले जानकारी दिए ।