डा.गोविन्द केसीको अनशन स्थगित
डा.गोविन्द केसीले ३१ साउन साँझ आमरण अनशन स्थगित गरेका छन् । बाढीपहिरोका कारण देश आक्रान्त बनेको जनाउदै अनशन स्थगित गरेका हुन । अनशन स्थगित गरेको घोषणा गरे लगत्तै उनलाई आईसीयूमा लगिएको छ ।
३१ साउन साँझ पत्रकार सम्मेलनको आयोजना गरी अनशन स्थगित गरेको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनेका छन, “विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु ।”
स्वास्थ्य क्षेत्र सुधारका लागि शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावको आधारमा स्वास्थ्य शिक्षा विधेयक पारित गर्न माग गरी डा.केसी ९ साउनमा ११ औं पटक अनशनमा बसेका थिए । एक वर्ष अघि संसदमा दर्ता भएको विधेयक संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा अड्किएको छ ।
-रामु सापकोटा
डा.केसीले जारी गरेको प्रेस विज्ञप्तीः