एघार हजार सैनिक उद्धार र राहत वितरणमा
बाढीपहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा एघार हजार भन्दा बढी सैनिक खटिएका छन् ।
स्थानीय प्रशासनसँगको सहकार्यमा नेपाली सेना बाढीपहिरो प्रभावितको उद्धार, सडक सञ्चालन तथा राहत वितरणमा खटिएको जनाएको छ । ३१ साउनमा नेपाली सेनाले जारी गरेको सूचनामा बाढीपहिरोपछि क्षति न्यूनिकरण, उद्धार तथा राहत वितरणमा ११ हजार ४ सय सैनिक खटिएको जनाएको छ ।
हेलिकप्टर र आवश्यक सरसामानसहित खटिएको सेनाको टोलीले बाटो खुलाउने, अवरुद्ध ढलको निकास निकाल्ने, पानीको मुहान तथा विमानस्थलको हिलो पन्छाउने, बाढीपहिरोमा वेपत्ताहरुको खोजी गर्ने कार्य जारी राखेको जनाएको छ ।