पत्रकार महासङ्घको अध्यक्षमा तीर्थ कोइरालाको उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासङ्घको अध्यक्षका लागि पत्रकार तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् ।
कोइरालाले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । महासङ्घको २५औं महाधिवेशन ४ र ५ भदौमा हुँदैछ ।
पेशागत मर्यादा र व्यावसायिक पत्रकारिताको लागि उम्मेदवारी घोषणा गरेको कोइरालाले बताएका छन् ।
पत्रकारिताको विश्वसनीयता कायम राख्न दलगत आधारमा नभई पत्रकारकै संस्थाका रूपमा विकसित गर्न आफूले उम्मेदवारी दिएको कोइरालाको भनाइ छ । त्यस्तै महासङ्घको हालसम्मका उपलब्धिलाई जोगाएर राख्ने र पत्रकारितालाई राजनीतिक छाँयाबाट मुक्त गर्न प्रतिबद्ध हुने कोइरालाले बताएका छन् ।