प्रम दाहाललाई ओलीले बुझाए ६ बुँदे ध्यानाकर्षण–पत्र (पत्रसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले ६ बुँदे ध्यानाकर्षण–पत्र बुझाएका छन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आज, २६ भदौमा बुझाइएको ध्यानाकर्षण–पत्रमा ओलीले नेपालको आन्तरिक मामिलामा बाह्य सरोकार र चासो अनावश्यक रुपमा बढाउने कुनैपनि कार्य प्रकारान्तरले समेत नगर्न भनेका छन् ।
प्रधानमन्त्रीको विदेश भ्रमण पूर्व देशका प्रमुख राजनीतिक दलहरुका बीच औपचारिक विचार विमर्श हुने परम्पराको प्रधानमन्त्री दाहालले अुनशरण नगरेको उल्लेख गर्दै ओलीले बुझाएको पत्रमा राष्ट्रको हित र स्वाभिमान अनुकुल स्पष्ट अडान राख्न पनि प्रम दाहाललाई सुझाव दिइएको छ ।
नेपाल–चीनका बीचका सम्झौताहरुलाई पनि मुलुकको हितमा अघि बढाउन भन्दै ओलीले भारतसँग सन् १९५०को सन्धीको पुनरावलोकन र अद्यावधिक गर्ने बारे स्पष्ट बिचार राख्न भनेका छन् ।