पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अझै अवरुद्ध
हिजो, २८ साउन दिउँसो अपराह्न अवरुद्ध पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्ड अझै सञ्चालमा आउन सकेको छैन ।
दाउन्नेमा दिउसो पहिरो झरेर सडक धस्सिएको थियो, त्यसपछि राति उक्त सडकखण्डको ठाउँठाउँमा पहिरो झरिरहेको छ ।
भासिएको सडकमा बाटो खोल्ने प्रयास गरिए पनि लगातारको वर्षा र पहिरो झर्न नरोकिंदा खोल्न नसकिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् ।
स्थानीय प्रशासनले सकभर यात्रा नगर्न र गर्नै परे बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । उक्त सडक खण्डमा आज पनि यातायात सञ्चालन हुने सम्भवान न्यून रहेको रानाले जानकारी दिए ।