भृकुटीमण्डपमा फर्निचर मेला हुने
काठमाडौंको भृकुटीमण्डपमा फर्निचर मेला हुने भएको छ ।
उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सहकार्यमा आयोजना हुने मेला ३ देखि ७ भदौसम्म चल्ने भएको हो ।
मेलामा विभिन्न फर्निसिङ्ग, अफिस तथा घरायसी फर्निचरका साथै घर सजाउने सामग्रीहरू प्रदर्शनीमा राखिने छन् ।
मेलालाई एक लाखभन्दा बढी ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।