ओरालो लाग्यो शेयर बजार
धितोपत्र बजारमा शेयर कारोबार ओरालो लागेको छ ।
नेपाल स्टक एक्चेञ्ज लिमिटेडकाअनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर १६५३.९० बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ ।
आज कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो ।
वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहको शेयर भने ओरालो लागेका छ ।
वित्त क्षेत्र १.२१ र उत्पादन समूहको शेयर १२.३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५, विकास बैंक ११.६, जलविद्युत् ६.३७, बीमा १६.०६ र अन्य समूह ३.७६ बिन्दुले घटेको छ । रासस