मुलुकी अपराध संहिता विधेयक पारित, छाउपडी प्रथा फौजदारी अपराध
व्यवस्थापिका संसद्को आजको बैठकले ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित गरेको छ ।
हाल नेपालको फौजदारी कानून मुलुकी ऐन, २०२१ को आधारमा चलेकोे छ ।
संसद्बाट पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि १ भदौदेखि लागू हुनेछ । विधेयकको नाम ‘मुलुकी अपराध संहिता ऐन’ रहनेछ ।
विधेयकले छाउपडी प्रथालाई फौजदारी अपराधको संज्ञा दिएको छ ।
सुदूरपश्चिमका केही जिल्लामा अझैपनि महिनावारी भएका महिलाले घरभित्र बस्न नपाउने र छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कार कायमै छ । जसलाई विधेयकले दण्डनीय मानेको छ ।
विधेयकले छाउपडी प्रथालाई निरन्तरता दिने र छाउगोठमा बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था गरेको छ ।
यस विषयमा प्रकाशित हिमालको रिपोर्ट: 'देउता'को डरले गोठको बास