अमेरिकाको टेक्सासमा एक भुटानीको हत्या
अमेरिकाको टेक्सासमा पुनर्वास भएका एकजना भुटानीको हत्या भएको छ । १८ वर्षीय ती युवक भीम दुलालको गत आइतबार विहान ३ बजे टेक्सासमा गोली प्रहारबाट हत्या भएको हो ।
शनिबार राति स्थानीय ब्यायाम केन्द्रमा गएका दुलालको हत्या बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुलालको घरदेखि करिव १५ माइल टाढाको एउटा रित्तो अपार्टमेण्टमा दुलाल र उनका अफ्रिकी मुलका साथी मृत अवस्थामा फेला परेका थिए ।
९ बर्षअघि झापाको गोलधाप शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका दुलाल भर्खरै उच्च माध्यमिक तह पुरा गरी विश्वविद्यालय अध्ययनको तरखरमा रहेको उनका आफन्तले बताएका छन् ।
उनको बुधबार टेक्सासमा दाहसंस्कार गरिने छ ।
गोपाल गडतौला, अमेरिकाबाट