पोखरा स्पोर्टस् अवार्ड वितरण
खेलकुद पत्रकार मञ्च कास्कीले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ ।
पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित भएका छन् । पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले २१ साउनमा रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गरेका हुन ।
यस्तै, वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । दुबैले जनही रु २५÷२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गरे ।
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ । रासस