राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर २० साउनमा एकै घरका चार जनासहित छ जना तथा डोटीमा जीप दुर्घटनामा परी नौ जनाको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका राष्ट्रपतिको कार्यालयले २१ साउनमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन् । राष्ट्रपतिले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।