भरतपुर १९ को मतगणना सकियो, ज्ञवाली २२१ मतले अगाडि
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ ।
हालसम्म सार्वजनिक परिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९४६ र कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत पाएकी छन् । अब वडा नम्बर २० को मत गणना हुन बाँकी छ ।
एमालेका देवी ज्ञवाली गठबन्धनकी रेणु दाहालभन्दा २२१ मतले अगाडि छन् ।
वडा नम्बर १९ मा ज्ञवालीले ९६६ मत पाउँदा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेद्वार दाहालले १५२९ मत पाइन् ।
वडामा भने नेपाली कांग्रेस निर्वाचित भएको छ । अध्यक्षमा कर्ण गुरुङसहितको प्यानल निर्वाचित भएको हो । वडाध्यक्ष कर्ण गुरुङले १४७६ मत पाएका छन् ।