एसीसीएमा नेपालकी रेजिका विश्व प्रथम
द ब्रिटिश कलेजकी विद्यार्थी रेजिका महर्जन २०१७ जुनमा भएको पी–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा विश्व प्रथम भएकी छन् ।
कलेजले रेजिकालाई रु २० हजारसहित पुरस्कृत गरेको छ ।
१८० देशमा पढाई भइरहेको एसीसीए (एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) व्यवसायिक शैक्षिक योग्यता हो ।
विश्वव्यापी रूपमा मान्यता पाएको एसीसीएले विद्यार्थीहरूलाई एकाउन्टिङ र फाइनान्स करियरको लागि तयार गर्दछ ।
द ब्रिटिश कलेजले ‘एकाउन्टिङ एण्ड बिजनेश’ र ‘एडभान्स डिप्लोमा इन एकाउन्टिङ एण्ड बिजनेश’ को साथमा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटी, बेलायतबाट ‘बिएस्सी इन एप्लाइड एकाउन्टिङ’ को कोर्स गराउँदै आएको छ ।
द ब्रिटिश कलेजले सन् २०१२ बाट एसीसीए शिक्षा प्रदान गर्न थालेको हो । हाल कलेजमा १७० बढी विद्यार्थीहरू एसीसीएको तीन तहहरु क्रमशः स्किल, नलेज र प्रोफेसनलमा अध्ययनरत छन् ।