जिसस तनहुँमा कांग्रेस प्यानल निर्वाचित
जिल्ला समन्वय समिति तनहुँमा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको छ ।
आज भएको मतदानमा २० मध्ये १२ मत ल्याई संयोजकमा कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भए ।
त्यसैगरी सह–संयोजकमा कांग्रेसकै पवित्रा पौडेल तथा सदस्यमा नीलबहादुर थापा, अर्जुन अधिकारी, केशबहादुर सुनार, गलबहादुर गुरुङ, दिव्येश्वरी विक, घनिमाया थापा र सरस्वती गौतम निर्वाचित भएका छन् ।