नोकिया स्मार्टफोन अब नेपालमा
झण्डै दशक अघिको चर्चित मोबाइल ब्राण्ड नोकिया पुनः नेपाली बजारमा फर्किएको छ ।
नोकिया नेपाली बजारमा नोकिया–३, नोकिया–५ र नोकिया–६ स्मार्टफोन सहित पुनरागमन गरेको हो ।
यी सबै सिरिजमा डुअल सिम तथा एनड्रोइड न्युगट अपरेटिङ्ग सिष्टम रहेको छ ।
नोकियाले बहुचर्चित सिरिज नोकिया–३३१० पनि नेपालमा पुनः भित्र्याएको छ ।
नेपालका लागि नोकिया माेबाइलको आधिकारिक विक्रेता पारामाउन्ट इलेक्ट्रोनिक्सले नोकिया–३ को रु. १५ हजार ६५०, नोकिया–५ को २१ हजार ३५० र नोकिया–६ को रु. २५ हजार ६०० तोकेको छ ।
नोकियाले चाँडै नोकिया–८ पनि नेपाली बजारमा भित्र्याउने जनाएको छ ।