चूडामणि शर्माको मुद्दा ‘हेर्दाहेर्दै’मा
सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’मा राखेको छ ।
आज बहस नसकिएपछि सुनुवाई आइतबारका लागि तोकिएको छ ।
आज शर्माका तर्फबाट अधिवक्ता डा. भीमार्जुन आचार्य, सतीशकृष्ण खरेल, ललित बस्नेतलगायतले बहस गरेका थिए ।
शर्मालाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई २७ असारमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।