१३औं नेशनल एजुकेशन अवार्ड हुने
आजको आवाज मिडियाको आयोजनामा १३औं नेशनल एजुकेशन अवार्ड हुने भएको छ ।
कार्यक्रम १६ साउनमा काठमाडौंको रसियन कल्चर सेन्टरमा हुनेछ ।
कार्यक्रममा २०७३ सालको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई रु २५ हजार राशीको वाईवाई ज्ञान उदय पुरस्कार प्रदान गरिनेछ । त्यस्तै यो वर्षको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिककी पत्रकार रुवी रौनियार तथा एडुखबर डटकमका सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ । उनीहरुलाई नगद रु ५००१ सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ ।