बाराः जीप दुर्घटना हुँदा १० जना घाइते
बाराको निजगढ नजिक जिर्ण सडकमा आज विहान जीप दुर्घटना हुँदा १० जना यात्री घाईते भएका छन् ।
निजगढबाट काठमाण्डौंको लागि छुटेको ना.१.ज.६२०७ नम्बरको टाटासुमो जीप पथलैया निजगढ सड्क खण्ड अन्तर्गत दुधौरा खोलाको पुल नजिकै खाल्डाखुल्डी भएको जीर्ण सडकमा दुर्घटना भएको हो ।
चालक ओमकण्ठ न्यौपानेले सडकको खाल्डामा परेर जीप अनियन्त्रित भएको जीप पल्टिएको बताएका छन् ।
दुर्घटनामा चालक न्यौपाने सहित निजगढका ३७ वर्षीया बेदनी कुँवर, ५४ वर्षीय बखतबहादुर पहरी, १९ वर्षीया रेशमा माझी, २१ वर्षीय जुम्का धामी , ४० वर्षीया राधादेवी चौधरी, २७ वर्षीय ईस्द मंसुर, ठोक्नि धामी र वीरबहादुर थिङ्ग घाइते भएका हुन् ।
घाईतेहरु सबैको सिमरास्थित तराई सिमरा हस्पिटल र अल्पाईन हस्पिटलमा उपचार भईरहेको प्रहरीले बताएको छ ।
श्याम गुप्ता, बारा