डा. गोविन्द केसी फेरि अनशनमा
सरकारले यसअघि गरेका सहमति पालना नगरेको भन्दै डा. गोविन्द केसीले आजदेखि फेरि अनशन शुरु गरेका छन ।
माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने, चिकित्सा शिक्षामा भएका अनियमितता रोकिनुपर्नेलगायतका माग सहित डा. केसीले अनशन शुरु गरेका हुन ।
त्यस्तै केसीले सरकारी निर्देशन र अदालतको आदेश नमान्ने कलेजलाई खारेज गर्नुपर्ने तथा सबै निजी कलेजहरुको शुल्क समान हुनुपर्ने लगायतका माग राखेका छन ।