आइएसओ प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय
राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ ।
राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सेवा प्रवाह गरेकोमा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय बन्नु गौरवको विषय भएको बताए ।
महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन ।