नेपाल २२ रनले विजयी
एसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।
६ साउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५५, सन्दीप सुनारले २६, प्रकाश केसीले २३ र रोहितकुमार पौडेलले १५ रन बनाएका थिए । सिङ्गापुरका लागि बीबी बिक्रमले ३, सुनिल आर्यमान र गोपिनाथ अचरले २/२ विकेट लिएका थिए ।
प्रतिउत्तरमा सिङ्गापुरको राम्रो सुरुवात भएपनि मध्यक्रममा विकेट झर्दै गए । ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १४६ रन मात्रै बनाउन सक्यो । सिङ्गापुरका लागि दीप हसनफुलले ३२, सिद्धान्तले २५, आर रोहनले २३ र सेन अग्रवालले २१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४, किशोर महतो र पवन सर्राफले २/२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालले अर्को खेल ९ साउनमा मलेसियासँग खेल्नेछ ।