यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित
भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिए ।
निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इञ्जिनीयर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् ।
यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले जानकारी दिए ।
“आन्तरिक छानबिन गर्यौँ, कैफियत देखियो ”, उनले भने, “सो कार्यमा संलग्न देखिएपछि निलम्बन गरिएको हो ।”
रासस
सम्बन्धित समाचार:
आठ थान जीपसहित गिरोहका नाइके पक्राउ, यातायात कर्मचारीको पनि मिलोमतो