पर्साः ५० थान गोली सहित दुईजना पक्राउ
पर्साको पटेर्वा सुगौली गाउँँपालिकाको कोहरौलीबाट प्रहरीले बन्दुकको गोली ५० थानसहित दुई जनालाई पक्राउ गरेको छ ।
३ साउन अपराह्न प्रहरीले मनवा र रंगपुरटाडीको बीच बाटोमा ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्दा आलूको बोरामा लुकाइ राखिएको १२ बोरमा लाग्ने ५० थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।
गोली सहित पक्राउ परेका मनवाटोल बगवाना–७ पर्सागढीका ५५ वर्षीय क्षेत्री चौधरी र सोही ठाउँ वस्ने २१ वर्षका रामकिशुन चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज