नेपालीलाई भारतीय प्रहरीको जिम्मा लगाइएको भन्दै विरोध प्रदर्शन
प्रहरीले पर्साको प्रसौनीभाठाका भाष्कर पाण्डेलाई पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
आज विहानैदेखि प्रसौनीभाठा प्रहरी चौकी अगाडि स्थानीयले टायर बालेर नाराबाजी सहित विरोध प्रदर्शन गरिरहेका हुन् ।
३ साउन साँझ स्थानीय भाष्कर पाण्डेलाई प्रहरीले पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको उनीहरुको आरोप छ । पाण्डेय भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका कुख्यात अपराधी बब्लु दुबेको समुहमा रही आपराधिक गतिविधि गरेको भारतीय प्रहरी प्रहरीको आरोप छ ।
यता प्रसौनीभाठाका प्रहरी सहायक निरीक्षक मनोज मण्डलले घटनाबारे आफूलाई केही जानकारी नभएको भन्दै स्थानीयले शंकाकै आधारमा निराधार आरोप लगाएर प्रदर्शन गरेको प्रतिक्रिया दिए ।
केही दिन अगाडि वीरगञ्जसँग सीमा जोडिएको भारतीय बजार रक्सौलको एक निजी स्कुलमा भएको गोली काण्डमा भास्कर पाण्डेयको पनि संलगनता देखिएकाले उनलाई प्रसौनी र भेलाही सीमा नजिकबाट पक्राउ गरेर भारत पुर्याइएको बुझिएको छ ।
सुरेश बिडारी, पर्सा