फेरि सर्यो भरतपुर मुद्दा, अब ८ साउनमा सुनुवाई
चितवनको भरतपुर महानगरपालिकाको मुद्दा फेरि सरेको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाई शुरु भएपनि समय अभावको कारण मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
आज रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गरेका थिए ।
उपचारका लागि न्यायाधीश पुरुषोत्तम भण्डारी भोली अमेरिका जाने र ७ साउनमा स्वदेश फर्कने भएकोले ८ साउनमा मुद्दाको सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
भरतपुर १९ को मतगणनाका क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा रिट परेको थियो ।