भेनस विलियम्सलाई हराउँदै गार्बिन बनिन् विम्बल्डन–२०१७ विजेता
स्पेनकी गार्बिन मुगुरजाले विम्बल्डन टेनिसमा पाँच पटक विश्व च्याम्पियन रहेकी भेनस विलियम्सलाई पराजित गरेकी छन् ।
२३ वर्षीया गार्बिनले ३७ वर्षीया भेनस विलियम्सलाई सोझो सेटमा ७–५, ६–० ले हराएकी हुन् ।
भेनसले विम्बल्डन २०१७ जितेको भए उनी सबैभन्दा बढी उमेरमा ग्र्यान्ड स्ल्याम च्यम्पियन बनेको रेकर्ड कायम गर्ने थिइन् ।
गार्बिनका लागि भने यो दोस्रो ग्राण्ड स्ल्याम जित हो । यसअघि उनले २०१६ मा सेरेना विलियम्सलाई फ्रेन्च ओपनमा हराएकी थिइन् ।