चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता, १० अर्ब जरिवाना माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले तीन जनाविरुद्ध १० अर्ब २ करोड विगो बमोजिम जरिवाना र बढीमा १० वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।
अख्तियारले तीनै जनाले बक्यौता कर छुट दिँदा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैंया भ्रष्टाचार गरेको ठहर गरेको छ ।
कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल हालसम्म फरार छन् भने शर्मा अख्तियारको हिरासतमा छन् ।