चुडामणि शर्माकाे बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्दाहेर्दैमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पक्राउ गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा परेको छ।
शर्माकी पत्नी कल्पनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले शर्मा पक्राउ गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएपछि सुनुवाईका लागि आजलाई तोकिएको थियो।
न्यायाधीशद्वय चोलेन्द्र शम्शेर जबरा र प्रकाशमानसिंह राउतको इजलासमा भएको बहष नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।