समाचारशुक्रवार, आषाढ ३०, २०७४

नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

हिमालखबर

नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको पार्थिव शरीरर्मा श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । जोशीको दम र निमोनियाका कारण २९ असारमा निधन भएको हो । तस्वीरः रासस

नेपाली कांग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने र तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको हो ।  

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उनलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । 

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पुर्‍याएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

रासस 

प्रतिकृया दिनुहोस