यूनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गरः चिकित्सकहरु
डक्टर्स सोसाइटी अफ नेपाललगायत चिकित्सक सम्बद्ध १० वटा संस्थाले यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेजी गर्न माग गरेका छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानको सिफारिस, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्देशन लत्याउँदै मेरिट लिष्टका विद्यार्थीलाई भर्ना
नलिई कम योग्यताका विद्यार्थीलाई बढी रकम असुलेर भर्ना गरेको भन्दै चिकित्सकहरुले कलेजको सम्बन्धन खारेजीको माग गरेका हुन् ।
माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने पनि ती संस्थाहरुको चेतावनी छ ।