नोबेल शान्ति पुरस्कार विजेता सिआबोको बन्दी अवस्थामै निधन
चीनमा प्राजातान्त्रिक व्यवस्थाको माग गरेका कारण जेल परेका नोबेल शान्ति पुरस्कार विजेता लिउ सिआबोको ६१ वर्षको उमेरमा निधन भएको छ ।
विभिन्न समयमा गरी करिब १५ वर्ष जेलमा रहेका उनी कलेजोको क्यान्सरबाट पीडित थिए ।
उनको एक महीनादेखि कैदीका रुपमा सेनयाङ शहरस्थित अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालले उनको मृत्युको कारण ‘मल्टिपल अर्गान फेलियर’ भएको जनाएको छ ।
२५ डिसेम्बर २००९ मा सिआबोलाई चिनियाँ सरकारविरुद्ध कार्य गरेको आरोपमा ११ वर्षका लागि जेल सजाय सुनाइएको थियो ।