सांसद् गुरुङद्वारा बाढी पीडितलाई राहत वितरण
सांसद् धनराज गुरुङले सप्तरीका बाढी पीडितलाई राहत सामग्री वितरण गरेका छन् । उनले २६ असारमा सप्तरीको भेडिया र मैनाकडेरीमा एक महिनाको तलब बराबरको राहत सामग्री वितरण गरेका हुन् ।
राजनीतिमा मधेश, पहाडको प्रसंग चलीरहेका बेला स्याङ्जा स्थायी घर भएका सांसद् गुरुङ सहयोगका लागि सप्तरी पुगेका हुन । उनले हिमालखबरसँग भने, “विपद्को बेला सानै भए पनि मानवीयताका लागि सहयोग गरेको हुँ ।”
सांसद् गुरुङले यसअघि भूकम्प पीडितका लागि पनि व्यक्तिगत सहयोग गरेका थिए ।