सल्यानमा बस दुर्घटना, दुईको मृत्यु २८ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट रुकुमको खलंगा जाँदै गरेको ना ४ ख ५७५४ नम्बरको बस त्रिवेणी गाउँपालिका ५ टुनिबोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमा र अर्को एक जनाको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।