यु–१७ विश्वकपको ‘ड्र’ सार्वजनिक
विश्व फुटबल महासंघले फिफा यु–१७ विश्वकपको ‘ड्र’ सार्वजनिक गरेको छ । आगामी असोजमा भारतमा हुने यु–१७ विश्वकपको ‘ड्र’ २३ असारमा मुम्बईमा सार्वजनिक गरिएको हो ।
फिफा यु–१७ विश्वकपको १७ औं संस्करणको समूह ए मा भारत, अमेरिका, कोलम्बिया र घाना परेका छन् । समूह बी मा पाराग्वे, न्यूजल्याण्ड, माली र टर्की तथा समूह सी मा जर्मनी, इरान, कोस्टरिका र गिनी छन् ।
यस्तै समूह डी मा बाज्रील, स्पेन, उत्तर कोरिया र नाइजर, समूह ई मा जापान, होण्डुरस, फ्रान्स र न्यू क्यालेडोनिया तथा समूह एफ मा ईङग्ल्याण्ड, मेक्सिको, चिली र इराक परेका छन् ।