मेगा बैंकको ‘आज बचाउँ–जिन्दगीभरी रमाउँ’
मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियान घोषणा गरेको छ । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले २० भदौमा राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले अभियानको घोषणा गरेका हुन ।
समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखेर बैंकले यो अभियान ल्याएको सिइओ शाहले बताए । सानो उमेरदेखि बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहने शाहको भनाई छ ।
अभियानका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।
‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ ।