थप समाचारमंगलवार, आषाढ २०, २०७४

सुन्दहरैँचाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

हिमालखबर

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

प्रमुख पदमा नेपाली कांग्रेसका शिव ढकालले १६,८२१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केदार गुरागाईंले १५,८५३ मत प्राप्त गरे । 

त्यस्तै, उपप्रमुख पदमा एमालेकी धना तामाङले १५,४७८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विन्दा थापा दाहालले १३,०९० मत  प्राप्त गरिन् ।
रासस 

प्रतिकृया दिनुहोस