२० स्थानीय तहको परिणाम सार्वजनिक
दोस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा हालसम्म २० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
परिणाम सार्वजनिक भएको २० तहमध्ये नेकपा एमाले ९ स्थानीय तहमा निर्वाचित भएको छ । नेपाली कांग्रेस ७ स्थानीय तहमा निर्वाचित भएको छ भने माओवादी केन्द्र ३ स्थानीय तहमा निर्वाचित भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा १ स्थानीय तहबाट निर्वाचित भएको छ ।
त्यस्तै अहिलेसम्म नेकपा एमालेले ११८ स्थानीय तहमा अग्रता लिएको छ भने कांग्रेसले ११६ स्थानीय तहमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४६ तहमा अग्रता लिएको छ ।