ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमाले निर्वाचित
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ ।
नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार राजन छक्लुङ १,८१५ मतका साथ निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर लिम्बुले १,२१९ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा पनि एमालेकै कौशिला छक्लुङ १,९५१ मत प्राप्त गरी निर्वाचित भइन । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुजाता लिम्बुले १,०८४ मत प्राप्त गरेकी छन ।
मैवाखोलाको ६ वटै वडामा एमाले निर्वाचित भएको छ ।