डोटीको केआइसिंह गाउँपालिका १ मा कांग्रेस प्यानल निर्वाचित
डोटीको केआइसिंह गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको छ ।
वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर बम ३२४ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डबल तिरुवाले १५७ मत प्राप्त गरेका छन ।
त्यस्तै दलित महिला सदस्यमा सरु भुल, महिला सदस्यमा गीता शाही तथा सदस्यमा देव कामी र भक्त रावल निर्वाचित भएका छन ।