दाङको दुवै उपमहानगरमा एमाले अग्रता
दाङको दुवै उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।
सदरमुकामसमेत रहेको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन् ।
चौधरीले ४४५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १३२ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमको २१ मत रहेको छ ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेको अग्रता छ ।
पाण्डेले ११८ प्राप्त गरेका छन् । ७७ मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ९ मत पाएका छन् ।
दुवै उपमहानगरमा वडा नं १ को मतगणना भइरहेको छ ।