कपिलवस्तुका ७ स्थानीय तहमा मतगणना शुरु
प्रदेश नम्बर पाँच अन्तर्गतको कपिलवस्तुका १० स्थानीय तहमध्ये सात तहमा मतगणना शुरु भएको छ ।
जिल्लाको महाराजगञ्ज, बुद्धभूमि, शिवराज, कृष्णनगर र बाणगंगा नगरपालिका तथा विजयनगर र यशोधरा गाउँपालिकामा गणना शुरु भएको जिल्ला निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले जानकारी दिए ।
जिल्ला सदरमुकामसमेत रहेको तौलीहवा नगरपालिकामा भने अझै गणना शुरु भएको छैन ।
गोपाल भण्डारी, तौलिहवा