चिली कन्फेडेरेसन कपको फाइनलमा
युरो कप विजेता पोर्चुगललाई पराजित गर्दै चिली कन्फेडेरेसन कपको फाइनल प्रवेश गरेको छ । रसियामा १५ असार विहान सम्पन्न सेमिफाइनलमा पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएको हो ।
चिलीका गोलकिपर ब्रेभोले लगातार तीन वटा पेनाल्टी प्रहार बचाउँदा पोर्चुगल ३- ० ले पराजित भएको हो । निर्धारित ९० मिनेट सहित १२० मिनेटमा दुबै टीमले गोल गर्न सकेनन् ।
चिलीले १८ असारमा हुने फाइनलमा जर्मनी वा मेक्सिकीको सामना गर्नेछ ।