महानगरले दियो ५ करोड, साझाले थप १३ बस ल्याउँदै
काठमाडौं महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पाँच करोड रुपैंया उपलब्ध गराएको छ ।
साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले यो रकम उपलब्ध गराएको हो ।
आज आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितलाई रु पाँच करोडको चेक हस्तान्तरण गरेका हुन् । यो रकम महानगरपालिकाले सेयरका रुपमा लगानी गरेको हो । नयाँ बसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौतासमेत गरिसकेको छ ।
अबदेखि साझाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकाललाई निःशुल्क सेवा उपलब्ध गराउनेछ ।