आफैँले बोकेको बम पड्किँदा एकजनाको मृत्यु
धनगढी उपमहानगरपालिका–४ मा गएराति आफैँले बोकेको बम पड्किँदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।
आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याइएका सिंहको उपचारका क्रममा मृत्यु भएको थियो ।
बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ । रासस