चिनिया गाडीले किच्दा कन्सट्रक्सन कम्पनीका म्यानेजरको मृत्यु
दोलखाको विगु गाउँपालिका–१ लामाबगर स्थित गोंगर खोला नजिक चिनिया गाडीले किच्दा सिन्धुपाल्चोकका बीआर भट्टराईको मृत्यु भएको छ । उनी फ्याफुल्ला कन्सट्रक्सन कम्पनीका म्यानेजर हुन् ।
म्यानेजर भट्टराईलाई विगु गाउँपालिका–१ लामाबगरस्थित गोंगर खोला नजिक तामाकोसी परियोजना अगाडि चिनिया नम्बर प्लेट भएको गाडीले किचेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।
गाडीले किचेका भट्टराईको घट्ना स्थलमै ज्यान गएको थियो ।
सर्मिला बुढाथोकी, दोलखा